पोखरा, कात्तिक १७
युवा उद्यमी मञ्च पोखराको चार दिने ‘पोखरा–हिमालय’ मोटर ¥याली शुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को तत्वाधानमा युवा उद्यमी मञ्च पोखराद्वारा आयोजित चार दिने ‘पोखरा–हिमालय’ मोटर ¥याली विहीबार पोखराबाट शुरु भएको हो । ¥यालीको विहीबार विहान नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीनाथ भण्डारीले उद्घाटन गरे ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण सुस्ताएको पर्यटन उकास्ने उद्देश्यले पोखरादेखि शुरु भएको ¥याली मुस्ताङको जोमसोम, मार्फा, लोमान्थाङहुँदै कोरला नाकासम्म पुग्नेछ । ¥यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुको सहभागिता रहेको आयोजक एनवाईईएफ पोखरा च्याप्टरका अध्यक्ष सुयश मल्लले जानकारी दिए । उनका अनुसार ¥यालीमा २० वटा गाडी सहभागि छन् ।

¥यालीका समयमा हुने जोखिम व्यवस्थापनका लागि मेडिकल टिम, गाडीमा समस्या आएमा गाडी बनाउनका लागि ईञ्जिनियर र मेकानिक्सको टिम सँगै लगिएको छ । ¥यालीका लागि विभिन्न ठाउँ छुट्याएर प्वाईन्ट तोकिएको आयोजकको भनाई छ । एक प्वाईन्टबाट अर्को प्वाईन्टमा पुगेपछि आराम गर्नका लागि ईन्टरभलको समय छुट्याईएको अध्यक्ष मल्लले बताए ।
कोभिड पछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, हिमाली जिल्ला मुस्ताङका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्नु ¥यालीको मुख्य उद्देश्य रहेको एनवाईईएफ पोखराले जनाएको छ । त्यस्तै, स्थानिय उत्पादनको प्रवद्र्धन गर्ने, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस)को प्रवद्र्धन गर्नेलगायतका उद्धेश्यपनि ¥यालीको रहेको एनवाईईएफ पोखराका निवर्तमान अध्यक्ष सुनिलबहादुर भट्टराईले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै पर्यटन वोर्ड पोखराका प्रमुख काशीनाथ भण्डारीले ¥याली आन्तरिक पर्यटन प्रवद्र्धन गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । कोरला नाका माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हो,उनले भने,‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो । त्यसैले यो ¥यालीले त्यसका लागि दवाब दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनमा सघाउ पु¥याउँछ ।’
एनवाईईएफ पोखराका अध्यक्ष सुयश मल्लले ¥याली कोरला नाकासम्म पुगेर त्यहाँबाट हुने व्यापारको सम्भाव्यता अध्ययन गर्ने बताए । ‘हामी त्यहाँ पुगेर भविष्यमा कोरला नाकाबाट गर्न सकिने व्यापार सम्भाव्यताबारे बुझ्छौं र सम्भव हुने देखिएमा त्यसका लागि सम्बन्धित निकायमा दवाब दिन्छौं’–उनले भने ।
एनवाईईएफले अघिल्लो वर्ष मेची–महाकाली यात्रा गरिसकेको छ । सन २००३ सालमा स्थापित यस संस्थाले युवा उद्यमीहरुबीच उद्यमशीलता सम्बन्धी आईडिया एक्सचेञ्ज गर्नुका साथै शिक्षा, तालिम र फेलोसीपलगायतका कार्यहरु गर्दै आएको छ । संस्थामा देशका १२ वटा सहरका ७ सय भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







