कात्तिक १८, पोखरा ।
कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दुकुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताएका छन् । पोखरा २० को गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै थापाले यिनै पाँच आधारबाट नै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिने बताए ।
‘गण्डकी प्रदेश समृद्धिका पाँच आधारलाई आत्मसाथ गर्दै चुनावी मैदानमा छु । पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार विकास नै समृद्ध प्रदेशका आधार हुन् । अबको पाँच वर्ष यसमै टेकेर काम गर्नेछु ।’, उनले भने ।
उनले गण्डकी प्रदेशमा १२ हजार मेगावट विद्युत उत्पादन गर्ने क्षमता भएता पनि अहिले सम्म त्यसको उचित प्रयोग गर्न नसकिएको र आफु निर्वाचित भएपश्चात सो कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
थापालाई पोखरा २० का मतदाताको पूर्ण समर्थन छ । निर्वाचन क्षेत्रका नागरिकको घरदैदलोमा पुगेर समस्या सुन्ने र आफ्ना प्रतिबद्धता प्रस्तुत गर्न तर्फ थापाको सक्रियता बढ्दो छ । कार्यक्रममा निर्वाचन कमिटीका संयोजक चोलेन्द्र पौडेल लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





