पोखरा । तिहार अवसरमा सहारा क्लब पोखराले देउसी भैलो कार्यक्रमबाट ७ लाख १७ हजार रुपैयाँ संकलन गरेको छ । विगत २ वर्ष कोरोनाका कारण संचालन हुन नसकेको देउसी भैलो कार्यक्रम यसपालि ४ दिनसम्म खेलिएको थियो ।
संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं भन्ने मूलनाराका साथ संचालित कार्यक्रमबाट बचत रकम क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको प्रतिष्ठित सहारा क्लबले दोबिल्लामा संचालन गरेको एकेडेमीमा कठिन परिस्थिति एवं विपन्न वर्गका बालक आश्रित रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए । क्लबले २० वर्षदेखि बर्सेनि फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ ।
यसैबीच, क्लबले देउसी भैलो कार्यक्रममा सहयोग पु¥याउने सम्पूर्णमा आभार व्यक्त गरेको छ । क्लबले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यसमितिका पदाधिकारी, सदस्य, मानार्थ सदस्य, सल्लाहकार, पूर्व अध्यक्ष, कलाकार, नृत्य निर्देशक, दानवीर लगायतमा आभार व्यक्त गरेको हो ।
कार्यक्रम संयोजकमा क्लबका कार्यसमिति सदस्य रोजिना गुरुङ र सहसंयोजक क्लबका सहकोषाध्यक्ष विनु राना थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







