बंगलादेशमा जारी यु–१५ साफ महिला च्याम्पियनसीप फुटबलमा नेपालले बंगलादेशलाई हराएको छ।
नेपालले बंगलादेशलाई १–० गोलले हराएको हो। नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले निर्णायक गोल गरिन्।
बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान अंकविहीन रहँदै पुछारमा छ। आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेश दुवैले भुटानलाई हराएका थिए।
बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो। च्याम्पियनसीपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







