पोखरा महानगरपालिका–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयको १५ आंै साधारणसभा शनिवार सम्पन्न भएको छ।
गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले पुस्तकालयको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै सचिव न्यौपानेले नेपाल सरकार शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयबाट वर्षकै उत्कृष्ट पुस्तकालयका रुपमा पुरस्कृत बन्न सफल भएकोमा बधाई ज्ञापन गरे। पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि अझै लागि रहन उनको आग्रह थियो।
कार्यक्रममा आजीवन सदस्य डिल्लिराम पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिए।
साधारणसभामा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीका नीति नियमहरु, प्रगति प्रतिवेदनसहित भावी योजना, कोषाध्यक्ष माधव भण्डारीकोे आर्थिक प्रतिवेदन पारित भएका थिए।
कर्मचारीहरु धनु पहारी र माया गुरुङ्गलाई सम्मान गरिएको थियो।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा नं २९ की वडा सदस्यसमेत रहेकी पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







