समाज र समृद्धिको विषयमा सबैको साझा हुँ : बराल


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित




पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताएका छन् ।

‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उनले भने – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’
कस्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक, फालभज्याङ, मोहरिया, माझकोट, चिसापानी, देउराली लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

अघिल्लो निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेले जनअधिकार र संविधानलाई कमजोर बनाएका कारण गठबन्धन गर्नु परेको बताए ।

जनताको आशा विकास र समृद्वि भएपनि बहुमत प्राप्त एमालले त्यसो गर्न नसकेको उनको भनाइ छ ।

उम्मेदबार बरालले विद्यालयल शिक्षालाई सुधार गर्दै कृषि र पर्यटनसँग जोड्नुपर्ने, युवालाई उद्यमशील बनाइ स्वदेश भित्र नै जोगाउनुपर्नेमा जोड दिए ।

विकासका रुपमा बाटो, विद्युत, पुल, खानेपानीलाई मात्रै हेर्न नहुने उनको भनाइ छ । ‘जनताका आवश्यकता पुरा गर्छाैं नै उनले भने, अब विकासलाई नयाँ ढंगबाट सोच्नुपर्ने समय आएको छ ।’

आफूले जनताको मन र आवश्यकतालाई बुझेको भन्दै जनमतको अपमान नगर्ने बताए ।

रुपाको घरदैलो र कोणसभामा नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार, नेताहरु यज्ञ बहादुर थापा, कृष्ण केसी लगायत सहभागिता थियो । उम्मेद्वार बराल सोमबार पोखरा १३ मा हुने घरदैलो र कोणसभामा सहभागि हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।