‘मालिक होईन जनताको सेवक भएर काम गर्दछु’–एमाले नेत्री भट्टराई


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् ।

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा भएको घरदैलो कार्यक्रममा उनले आवश्यक नीति निर्माणसँगै समृद्धिको अभियानमा जुट्ने मतदातासँग प्रतिवद्धता व्यक्त गरिन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले समृद्ध नेपाल, सुखी नेपाली पार्टीको अर्जुन दृष्टि भएको उल्लेख गर्दै यस क्षेत्रका प्राकृतिक श्रोत साधनलाई समृद्धिको आधार बनाइने विश्वास व्यक्त गरिन् ।पर्यटकीय नगरी पोखरा र आसपासको क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि एवम् भौतिक पूर्वाधारको निर्माणमार्फत रोजगारी सिर्जना गरि युवालाई स्वदेशी माटोमा रगत पसिना भिजाउन प्रेरित गरिने खालका योजना अघि सारिने उनको भनाई छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा कास्की निर्वाचन क्षेत्र नं. २(क) प्रदेश सभा सदस्यका उम्मेदवार भिमबहादुर कार्कीले जनताले दिएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।जनताको वलले परमादेशी गठवन्धनको सरकारलाई विस्तापित गरि जनमतको सरकार स्थापित गरिनेमा जोड दिदै उनले एमालेले राष्ट्र, राष्ट्रियता र जनभावनाको पक्षमा काम गर्दै आएको स्पष्ट पारे ।

घरदैलो कार्यक्रममा मुलुकमा व्याप्त रहेको अनियमितता, मुल्यवृद्धि, बढ्दो करका कारण जनता मर्कामा परेको र भविष्यका कर्णधार युवालाई स्वदेशमै रोजागरी सिर्जना गरि आयआर्जन गर्ने खालका योजना ल्याउन उम्मेदवारसँग मतदाताले आग्रह गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।