पदमार्ग जोगाउन स्थानीयवासीको माग


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित





कास्कीको माछापुच्छ«े गाउँपालिका–९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ । छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ । पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ ।

धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन् । उनीहरु मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाई समेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन् । पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत् लगायतका समस्या छन् । होटलहरु खुल्ने क्रम बढे पनि व्यवस्थित छैनन् ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–९ सिदिङका प्रज्वल क्षेत्रीले बर्सेनि हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई सरकारले व्यवस्थित गरी पदमार्ग जोगाउन माग गरे । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी अभियानमा सिदिङ पेगेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उनले मर्दी पदमार्गका समस्या सुनाए ।

मर्दी पदयात्रा माछापुच्छ«ेका सिदिङसहित धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत सुरु गर्न सकिन्छ । सुन्दर हिमशृङ्खलाको दृश्यावलोकनसहित लालीगुँरासको सुन्दरतामा रमाउँदै पर्यटकले पदयात्रा गर्ने गर्दछन् । पर्यटकहरु पदयात्रा गर्दै चार हजार पाँच सय मिटर उचाइको मर्दी हिमालको आधार शिविरसम्म पर्यटक पुग्छन् ।

पदयात्रामा होटलहरु खुलेका छन् । तर, विद्युत्, खानेपानी लगायतका समस्या छन् । चुनावी अभियानमा आएका उम्मेदवारलाई स्थानीयवासीले यहाँका समस्या सुनाउँदै समाधानको माग गर्ने गर्दछन् ।

माछापुच्छ«े गाउँपालिका–८ कोलेलीका गणेश आचार्यले मर्दी हिमाल र माछापुच्छ«े नमूना पदमार्गको विकासमा सरकारको ध्यान नपुगेको बताए । बर्सेनि पर्यटक बढिरहेकाले पर्यटकीय पूर्वाधार थप गर्दै जानुपर्ने उनको माग छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।