पोखरा । गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र विकासमा संस्थाले महत्वपूर्ण योगदान गर्ने सपोर्ट नेपाल–युकेका संस्थापकहरुले बताएका छन् । सपोर्ट नेपाल युकेका संस्थापक एवं सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङको योजना तथा लगानीमा स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ८ डाडाँस्वारामा सपोर्ट नेपाल युके कल्याण केन्द्रको नवनिर्मित भवन उद्घाटनका क्रममा संस्थापकहरुले यस्तो बताएका हुन् ।
८० लाख लागतमा बनेको कल्याण केन्द्रको भवन अरुण चौधरी फाउडेसनका संस्थापक अरुण चौधरी र सपोर्ट नेपाल युकेकी संस्थापक अध्यक्ष पोली स्कटले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
गाउँ फर्क अभियानलाई अगाडी बढाउन तथा गाउँको शिक्षा, स्वास्थ्य, खेलकुद विकासका लागि सेवा गर्न आउने पाहुनालाई वासको व्यवस्था गर्न कल्याण केन्द्र भवनको निर्माण गरिएको योजनाकार नविन गुरुङले बताए । गाउँ विकासको लागि उक्त भवनले ठुलो योगदान दिने उनको भनाई छ ।
होटलको व्यवस्था नभएका कारण गाउँमा सेवा गर्न आउने डाक्टर, इन्जिनियर, स्वयंसेवकलगाएतलाई गुणस्तरिय वासको आवश्यक रहेकाले भवन निर्माण गरिएको गुरुङले बताए । साथै समग्र गाउँको विकासलाई अगाडी बढाउन आफु प्रतिवद्ध रहेको उनले बताए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अरुण चौधरी फाउडेसनका संस्थापक अरुण चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अगाडी बढेका नविन गुरुङको साथ आफुले सधै दिने बताए । ‘गाउँमा भएका कठिनाई, समस्यालाई समाधान गर्छु भन्ने व्यक्तिलाई म साथ दिन्छु । नविन गुरुङ मेरो साथी पनि हुन् ।
असल काम गर्नेलाई मैले साथ किन नदिने ? गाउँमा भएका समस्याहरुलाई समाधान गर्नतर्फ हामी लाग्नुपर्छ । डाडाँस्वारा त एउटा नमुना मात्र हो यस्ता धेरै गाउँको विकास आवश्यक छ ।’ –चौधरीले भने । त्यस्तै सपोर्ट नेपाल–युकेकी संस्थापक अध्यक्ष पोली स्कटले शिक्षा र स्वास्थ्यका लागि संस्था निरन्तर लागिरहने बताइन् ।
‘नेपालको गाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा हाम्रो टिम नै निकै खुशी छ ।’ –उनले भनिन् । कार्यक्रममा अरुण चौधरीले डाडाँस्वारा विकासको लागि रु १ लाख रुपैयाँ सहयोग समेत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







