पोखरा, कात्तिक २१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकास कि विनासतर्फ लैजाने भन्ने फैसला जनताले फैसला गर्नुपर्ने बताएका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जनताले चुनावमार्फत देशलाई विनास कि विकासतर्फ लैजाने भन्ने फैसला गर्नुपर्ने बताएका हुन् । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि भईरहेको चुनाव सामान्य चुनाव नभएको बताउँदै उनले भने,‘यो निर्वाचन यसअघिका निर्वाचनजस्तो सामान्य निर्वाचन नभई देशको भाग्य कोर्ने निर्वाचन हो । यसले देशको भविष्य कस्तो हुने, देश कता जाने ? देशलाई विकासको बाटोमा लैजाने कि विनासको बाटोमा ? देशलाई स्वाधिन बनाउने कि पराधिन ? देशलाई स्थिरतातर्फ लैजाने कि अस्थिरतातर्फ भन्ने निर्णय गर्ने निर्वाचन हो ।’ उनले २०७४ सालको निर्वाचनबाटै देश स्थिरतातर्फ गएपनि केहि देशीविदेशी तत्वका कारण देश पुनः अस्थिरतातर्फ गएको आरोप लगाए ।
प्रचण्डका कारण फेरी अस्थिरता निम्तिएको ओलीले आरोप लगाए । ‘हामीले त्यसबेला एउटै घोषणापत्र बनाएका थियौं । एउटै कार्यक्रम दिएका थियौं । ‘म यो वा ऊ भन्दिन । तर केहि तत्वहरुका कारण देश पुनः अस्थिरतातर्फ गयो’–उनले भने । त्यसैले अहिले हुन गईरहेको निर्वाचनमा जनताले स्थिरता, विकास, समृद्धि, स्वाधिनताको पक्षमा मतदान गरेर एमालेलाई जिताउनुपर्ने उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन्…







