ओलीको प्रश्न : गठबन्धनको प्रधानमन्त्री को ? घोषणा पत्र कसको लागु हुन्छ ?


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई मिसन र भिजन बिनाको दिशाहीन गठबन्धन भनेर टिप्पणी गरेका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पाँच दलका पाँचवटा घोषणा पत्र बनेको भन्दै निर्वाचनपछि कसको लागु हुन्छ भन्ने टुंगो नभएको बताए ।

आज जनताले जान्न चाहेका छन्,ओलीले गठबन्धनप्रति कटाक्ष गर्दै ओलीले भने,‘गठबन्धनले जित्यो भने को प्रधानमन्त्री बन्छ ? अनि कुन दलको घोषणा पत्र लागु हुन्छ ? कांग्रेसको, माओवादीको ? कि माकुने (माधवकुमार नेपाल) वा जनमोर्चाको ? यस्तो दिशाहीन, बिचारहीन, कर्मकाण्डी र जनता अल्मल्याउन मात्र ल्याइएको छ । यस्ता घोषणापत्र र पार्टीको भ्रममा परेर कसैले भोट हाल्नु हुँदैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।