केपी ओलीको आरोप : कांग्रेस सत्तामा आउँदा अलच्छिन लाग्छ, अहिलेपनि देशको ढुकुटी रित्तियो


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्तामा आउने वित्तिकै देशमा अलच्छिन लाग्ने गरेको आरोप लगाएका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो गम्भीर आरोप लगाएका हुन् । कांग्रेस सत्तामा आउने वित्तिकै अलच्छिन किन लाग्छ ? प्रश्न गर्दै उनले अगाडि थपे,‘यिनीहरु आएपछि सहकाल समाप्त हुन्छ, अनिकाल लाग्छ । पैसा हुँदैन । व्यक्तिसँग मात्रै होईन अहिले त बैंकसँगपनि पैसा छैन । तरलता अभाव छ, ऋण दिनेपनि पैसा छैन बैंकसँग । कहाँ जान्छ यिनीहरु आएपछि पैसा ? हामी हुँदा पैसा थियो तर अहिले छैन ।’
बिना बजेटको पैसा श्रोत सुनिश्चित भन्दै आफ्नालाई बाँड्दा राज्यको ढुकुटी रित्तिएको उनको आरोप थियो ।
ओलीले देशमा छिमेकी राष्ट्रले नाकाबन्दी लगाउँदा नाकाबन्दीसमेत भन्न नसक्ने, कसले नाकाबन्दी लगायोपनि भन्न नसक्ने पार्टी कांग्रेसलाई जिताए देश बर्बाद हुने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।