गोरखा बजार नजिकै भएको ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

गोरखा नगरपालिका–८ बराहमन्दिर नजिकै सोमवार राति भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ।

ग १ त ४८७८ नम्बरको ट्रयाक्टर दुर्घटनामा गंभीर घाइते भएका चालक आरुघाट गाऊँपालिका मान्बु घर भइ गोरखा नगरपालिका–५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

सहचालक गोरखा नगरपालिका–८ घर भएका ४३ वर्षका खुसबहादुर थापाको अवस्था भने सामान्य छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।