च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ क्लबको ड्र सार्वजनिक गरिएको छ।
युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मै उपाधिका दाबेदार टिमबीच कडा प्रतिस्पर्धा हुने भएको छ।
सोमबार सार्वजनिक भएको ड्र अनुसार अन्तिम १६ मा साविक च्याम्पियन रियाल मड्रिडले लिभरपुलको सामना गर्दा पीएसजी र बार्यनले पनि अन्तिम १६ मा नै एक–अर्काविरुद्ध खेल्नु पर्नेछ।
साविक च्याम्पियन रियलले नकआउट चरणमा बलियो प्रतिद्वन्दीको सामना गर्दा पीएसजीले समेत च्याम्पियन्स लिगको पहिलो उपाधि होडका लागि अन्तिम १६ मा नै बार्यन म्युनिखको चुनौती पन्छाउनु पर्नेछ।
म्यानचेस्टर सिटीले आरबी लिपजिगको सामना गर्दा क्लब वर्ग बेनिफिकासँग भिड्नेछ। एसी मिलान र टोटनह्याम भिड्दैछन्। त्यस्तै, चेल्सी डर्टमन्डसँग भिड्दा इन्टरमिलान र पोर्टो आमने–सामने बन्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







