घरमा पानी ल्याइदिने रामजीलाई मत


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित




पोखरा २१, कार्तिक । कास्कीको पोखरा महानगरपालिका वडा नं १८ सराङकोट बासिले गाउँमा पानी ल्याइदिने रामजी प्रसाद बराल जीवनलाई मतदान गर्ने भएका छन् । पिउने पानीको लामो समय देखि समस्या झेल्दै आएका सराङकोट बासीको हिजोआज घर घरमा पानीको सुविधा पुगेसंगै पानी व्यबस्था मिलाउने उमेदवार बराललाई यसपाली गुन तिर्न पनि मतदान गर्ने उद्घोष गरेका हुन्।

स्थानिय अगन्धर तिमिल्सिनाले आफुहरुले सराङकोटमा सहज रुपमा पानी प्राप्त नगर्दा विस्थापित हुन लागेको बस्ती नै हाल रोकिएको बताए । घण्टौं पैदलबाट पानीको जोहो गर्नुपर्ने सराङकोट मा यति वेला प्रायः घर घरमा धारा जडान भए पछि यसपाली कसैको कर कापमा भन्दा स्वतस्फूर्त रुपमा रामजीलाई मतदान गर्ने भएका छन्।

कुलन्धरी, अधेरी लगायतका ठाँउबाट समेत पानी ल्याउनुपर्ने समस्या भएको बताउदै स्थानिय भरत थापाले अब भने घर घरमा फलफुल तरकारी समेत उत्पादन हुन थालेको जनाए । केही समय केही साना तिना पहल कदमी भए पनि हाल गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालको जस्तो पहल कदमी कुनै नेताको नभएको थापाको भनाई थियो ।

पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवन जस्तो नेतालाई जिताउन आफुहरु पछि नपर्ने स्थानिय थापाले बताए । उमेदवार बरालको पहलमा सराङकोटको ग्यारजाति, ढुवाङको मुल, तोरीपानी लगायतका ठाँउमा लिफ्टीङ सहितको खानेपानीको सुविधान उपलब्ध गराएका हुन् ।

पानीको चरम अभाव रहेको सराङकोटमा गण्डकी प्रदेश सरकार गठन पछि बरालको पहलमा खानेपानीका लागि ठूलो बजेट विनियोजन गरिएको थियो ।हाल यहाँका अधिकाँस घरमा एक घर एक धारा जडान गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।