आगामी निर्वाचन मार्फत महिलालाई नेतृत्वमा पु¥याउन सवैले सहयोग गरौःवक्ता


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित




पोखरा । आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मार्फत महिला उम्मेद्धारलाई नेतृत्वमा पु¥याउनको लागि सहयोग गर्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सञ्चारिका समुह गण्डकी प्रदेश समितीले आयोजना गरेको ‘कास्कीका महिला उम्मेद्धारहरुसंग मंसिर ४ निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम’ मा वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका अवसरमा नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आगामी मंसिर ४ गतेको निर्वाचन महिलाका हक अधिकार र समाज परिवर्तन गर्ने नेतृत्वमा पुग्ने महत्वपुर्ण अवसर भएकाले साथ दिन आग्रह गरिन् । समाजका हरेक असमानताको अन्त्य गरि सुदृढ र समुन्नत समाज निर्माणका लागि आप्mनो उम्मेदवारी रहेको बताएकी छन् ।

भोट पहिला नेतृत्वमा महिला भन्ने एक प्रश्नको जवाफमा उनले मुलुकमा सिपमूलक शिक्षाका लागि आवश्यक ऐन निर्माण गर्दै कृषिको आधुनिकीकरणमा जुट्ने विश्वास व्यक्त गरे । समृद्धिको अभियानमा महिला सशक्तिकरण र युवालाई स्वदेशमै रोजगारीको लागि उत्पादनमा जोड्नु पर्नेमा जोड दिंदउनले त्यसका लागि तीनै तहका सरकारको समन्वय र सहकार्यको खाँचो औल्याईन् ।

नेकपा एमालेतर्पmबाट क्षेत्र नं. २ (ख) का प्रत्येक्षतर्पmका उम्मेदवार मिना गुरुङले समानता, सुशासन र सशक्तिकरणका लागि उम्मेदवार भएको बताईन् । राजनैतिक दलले महिला ३३ प्रतिशत महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएर संविधानको कार्यान्वयन गर्न महिलाहरु संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिईन् ।

नेपाली कांग्रेसको तर्पmबाट समानुपातिकाका उम्मेदवार सरस्वती गुरुङले महिलाको हक अधिकार स्थापित गर्न संगठित भएर लाग्नुको विकल्प नभएको उल्लेख गर्दै गठवन्धनको कारण प्रत्येक्षतर्पm महिला उम्मेदवारको संख्यामा कमि भएको विचार व्यक्त गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्पmबाट प्रतिनिधि सभामा समानुपाति उम्मेदवार श्रीस गुरुङले पोखराको पर्यटन विकासमा आवश्यक निती निर्माणसंगै पर्यटन र कृषिमा जोड् दिंदंै राजगारी सिर्जना गर्नेका लागि आप्mनो उम्मेदवारी भएको धारणा राखिन् ।

नेकपा एमालेको तर्पmवाट प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार तथा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. छममाया पुनले स्वास्थ्य क्षेत्रको सुधारका साथै महिला स्वास्थ्यमा ध्यानमा बिशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरिन् ।

पाटी फरक भएपनि महिलाको मुद्धा महिला नेतृले मात्रै आवाज उठाउन सक्ने भन्दै उनले यस पटकको निर्वाचनमा मतदान मार्फत महिलालाई नेतृत्वमा पु¥याउन सहयोग गर्न आम जनतालाई आवह्वान गरिन् ।

कार्यक्रममा कास्की क्षेत्र नं. २ ख बाट एमालेबाट प्रदेशसभा तर्फका प्रत्यक्ष उम्मेद्धार मिना गुरुङ,समानुपातिक उम्मेद्धारहरु कांग्रेसका लक्ष्मि पाण्डे,नेकपा एसबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्धार जैनाव खातुन,प्रतिनिधिसभाका स्वतन्त्र उम्मेद्धार शिरिष गुरुङ,नेकपा एमालेबाट समानुपातिक उम्मेद्धारा डा.छममायाँ पुन,राष्ट्रिय स्वतन्त्र पाटीबाट समानुपातिक उम्मेद्धार विष्णु गुरुङ ‘एकता’,शम्युनिशा,राममायाँ बस्ताकोटी लगाएतको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा कार्यक्रम आधारपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिलका केन्द्रिय सदस्य तथा सञ्चारिका समुह नेपालका संस्थापक अध्यक्ष दुर्गा भण्डारीले हरेक तहबाट महिलाको मुद्धाहरु वकालत भैरहेपनि पछिल्लो समयमा राजनैतिक पहुँचमा महिलाको सहभागिता झन खस्किदै गएको भन्दै यसप्रति सचेत हुन आग्रह गरिन् ।

उनका अनुसार २०६४ सालको निर्वाचनमा १२.५ प्रतिशत महिला निर्वाचित भएका थिए भने २०७० सालको चुनावमा ४.१६ प्रतिशत र २०७४ सालको निर्वाचनमा ३.६ प्रतिशत मात्रै निर्वाचित भएका जानकारी दिईन् । आउदो निर्वाचनमा नेकपा एमालेले ८ प्रतिशत,नेकपा माओवादीले १६ प्रतिशत,कांग्रेसले ५ प्रतिशत मात्रै महिलालाई उम्मेद्धार उठाएको बताईन् । देशका ठुला पाटीबाटै महिलाले नेतृत्वमा पुग्ने अवसर नपाएपछि स्वतन्त्रबाट २ सय ३३ जना महिला उम्मेद्धार रहेको उनले बताईन् ।

कार्यक्रममा कोपिला नेपालीकी विना सिलवाल, सञ्चारिका समुहकी पूर्व अध्यक्ष निर्मला शर्मा लगायतले महिला केन्द्रीत निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम कोपिला नेपाल र पोखरा लेडी जेसिसले सहकार्य गरेको थियो भने सहयोगि संस्थाका रुपमा शान्तिका लागि नागरिक समाज कास्की र महिला मानव अधिकार रक्षक संजाल कास्की रहेको थियो ।

समुहका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेडी जेसिसका अध्यक्ष लक्ष्मि अधिकारीले धन्दवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक जुना थापामगरले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।