नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन । वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ १ मा उम्मेदवारी दिएका भट्टराईले पार्टीको केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम उम्मेदवारी निष्क्रिय पारेको आज एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेका हुन ।
गठबन्धनमा रहेका दलमध्ये दुई दलबाट उम्मेदवारी परेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा आजैका मितिदेखि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उनले बताएका छन । स्याङ्जा क्षेत्र नं २ १ मा नेपाली कांग्रेसकातर्फबाट भोजराज अर्यालको उम्मेदवारी परेको छ । यो प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मूख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
२०७४ को प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता विष्णु पौडेल र नेकपा एमालेका नेता मोहनप्रसाद रेग्मीबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा नेकपा एमालेका रेग्मी बिजयी भएका थिए । प्रदेशसभामा विजयी भएका रेग्मीले १६ हजार ६ सय १३ मत ल्याई विजयी भएका थिए ।
कांग्रेसका पौडेलले १३ हजार एक सय ४० मत प्राप्त गरेका थिए । यो प्रदेशमा ३१ हजार दुई हजार १३ मत खसेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







