पोखरा । मंसिर ४ को निर्वाचन मिति नजिकिंदै गर्दा नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले घरदैलो तथा मतदाताहरुसंगको भेटघाटलाई तिब्रता दिएका छन् । प्रतिनिधी सभा सदस्य दामोदर पौडेल बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारीले बिहीबार अन्नपूर्ण गाउँपालिकाका जनताहरुको घरघरमा पुगेर मत मागेका छन् ।
उम्मेदवारद्वय पौडेल र पहारी घान्द्रुक, छोम्रोङ, दाङसिङ, सावेत, उल्लेरी लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिए । सो क्रममा त्यस क्षेत्रका जनताहरुले निवर्तमान सांसद राजीव पहारी आफुहरुको सुखदुःखको साथी भएको बताउँदै विकासको लहर ल्याउन फेरी पनि एमाले उम्मेदवारहरुलाई विजयी गराउने बताए ।
पहारीको कार्यकालमा नयाँपुल–घान्द्रुक पिच, विभिन्न ठाउँमा मोटरेबल बाटाघाटा खुलेका र ति बाटोहरुको स्तरोन्नीका लागि फेरी एमालेलाई जिताउने प्रतिवद्धता जाहेर गरे । अन्नपूर्ण गाउँपालिका पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन पनि उनीहरुले उम्मेदवारद्वयसंग माग राखे ।
पहारीले विभिन्न समुह, संघसंस्था लगातयसंग सहकार्य गर्दै सामुदायिक भवन, मठमन्दिर निर्माण कार्य लगायतमा सहयोग गरेको भन्दै योजना अन्तर्गत बाँकि रहेका अन्य थुप्रै काम सम्पन्न गर्न पनि एमाले उम्मेदवारनै आउनुपर्नेमा उनीहरुको जोड रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ८ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)…





