‘सडक पूर्वाधार समृद्धिको आधार’ नेत्री विद्या


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित




कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन्।

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २० का मतदातासँग मत माग्न घरदैलोमा पुगेकी उनले उक्त क्षेत्रका अधुरा काम पूरा गर्न आफू सारथी बन्ने प्रतिवद्धता जनाइन्।

उनले पोखरा महानगरमा थपिएका नयाँ वडाहरुको सडक निर्माण पहिलो आवश्यकता भएको बताइन्। उनले यस्ता वडाहरुको समग्र विकासका लागि महागरसंगै संघ र प्रदेश सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिइन्।

निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी भट्टराईले पोखरा ढाँडवेसी, वयरघारी, लामडाडा, मौजा ग्रामीण सडक स्तरोन्नतीसँगै झण्डै साढे १ किलोमिटर बाटो ढलानसमेत गरिएको बताइन्।

उनले भनिन्, ‘बांकी रहेको काम सम्पन्न गर्ने जिम्मेवारी मलाई दिनुहोस।’

हिमश्रृंखलाको मनोरम दृश्यसंगै सुन्दर गाउँ मौजा आँटीघरमा रहेको होमस्टेको प्रवद्र्धनको लागि सडक सञ्जाल पहिलो आवश्यकता भएको उनको भनाई छ।

भट्टराईले सडक यातायातले उक्त क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरि न्।

निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार मिना गुरुङले दिगो विकास लक्ष्य प्राप्तिका लागि आप्mनो उम्मेदवारी भएको स्पष्ट पारेकी छन्। नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउनु वर्तमानको आवश्यकता भएकोमा उनको जोड छ।

नेकपा एमाले वडा कमिटी २० का अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य भिमप्रसाद बास्तोला, मनवुजा विश्वकर्मा, महानगर सचिव जीवन आचार्य, स्थानीय सरोज गुरुङ, भीम गुरुङ, शंकर गौतम, दुर्गाबहादुर गुरुङलगायतले निर्वाचनमा केन्द्रीत हुनुपर्नेमा जोड दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।