कास्की १(ख) का उम्मेदवार दिपक भन्छन् : निर्वाचनपछि पनि तपाईँसँगै हुन्छु


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित




पोखरा, । आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्क क्षेत्र १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले निर्वाचनपछि पनि जनताको साथमै रहने बताएका छन् । पोखरा–१० को बिहीबार घरदैलो कार्यक्रममा मतदातासँग गुरुङले निर्वाचित भएपछि पनि सँगै साथमै रहने काम गर्ने बताए ।

उनले निर्वाचित गराउने मतदाताको कहिल्यै मन नदुखाउने प्रतिवद्धता जनाए । ‘मतदाताले दिएको माया, र साथलाई जिवनभर भुल्ने छैन् । सम्झनालायक काम गरेर देखाउनेछु,’ उनले भने, ‘यस क्षेत्रका जनताका उति ठूला समस्या छैनन् । माइनर समस्यालाई नि विशेष रुपमा हेर्नेछु ।’

यस वडामा पर्ने नागिन टोल, औद्योगिक क्षेत्र र रामघाटमा बसोबास गर्ने सकुम्बासी बस्तीलाई थप व्यवस्थित बनाउने उनले सुनाए । सेतो पूर्जाको आधारमा खानेपानी र बत्ती उपभोग गर्दै आएका सुकुम्बासीको व्यवस्थापनमा सधै आवाज उठाइरहने गुरुङले बताए । उनले यो पटक परिवर्तनको लागि मत राख्न मतदातासँग आग्रह गरे ।

‘समाज परिवर्तनको लागि पनि नयाँ भिजन भएको उम्मेदवारलाई मत राख्नुहोला । म पनि युवा हुँ । युवाको केही न केही देश विकासको सपना देखेको हुन्छ,’ उनले भने, ‘अब मत राखेर पछुत्याउने काम नगर्न आग्रह गर्दछु ।’ उनले अबको बाटो विकास र समृद्धिको हुँदा प्रदेशलाई सोही अनुसार अगाडि बढाउने उद्धेश्य रहेको उनले मतदाता समक्ष सुनाए ।

‘विकासको लागि राजनीतिक पूर्वग्रह राख्नुहुँदैन् । सबै मिलेर विकास गर्ने हो,’ उनले भने, ‘हामी पाँच दल मिलेर आएका छौं । यसले पक्कै पनि समाज, प्रदेश र देशलाई फाइदा पुग्नेछ ।’ देश राजनीतिक चपटोमा परेको हुँदा आगमी निर्वाचन पछि काँग्रेसको बहुमतको सरकार बन्ने उनको भनाइ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।