‘उल्लेरीलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउँछौं’ : पहारी


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित




कार्तिक २७,पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले उल्लेरीलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउने बनाएका छन् । अन्नपूर्ण गाउँपालिका–९ स्तिथ उल्लेरीमा बिहीबार भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तव्य पुन हिल जोड्ने स्थल भएकाले पर्यटकिय दृष्टीकोणबाट उल्लेरी महत्वपूर्ण स्थान भएको उल्लेख गरे ।

उनले यसअघि आफ्नों कार्यकालमा विरेठाँटी–दाङसिङ–मोहरिया हुँदै आउने मुक्ति मार्ग निर्माण गरेपनि त्यसले पूर्णता भने नपाएको जनाए । त्यसलाई पूर्णता दिलाउनका लागि पनि पुनःआफ्नों उम्मेदवारी भएको पहारीको भनाई थियो । अग्लो ठाउँमा अवस्थित उल्लेरीमा खेलकुदको पनि सम्भावना भएको जनाउँदै यहाँ विभिन्न खाले ‘हाइ अल्टिच्युड’प्रशिक्षण गराउन सकिने पहारीले जनाए ।

युवाहरुलाई खेलकुद र पर्यटनतर्फ लगाउँदै आफ्नैं ठाउँमा रोजगारीको सम्भावना खोज्न युवाहरुसंग सहकार्य गरिने उनले बताए । कोणसभामा बोल्दै कास्की ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागीले अन्नपूर्ण गाउँपालिका आफ्नों जन्मस्थल समेत भएकाले यो ठाउँको माया लाग्नु स्वभाविक भएको बताए ।

अन्नपूर्ण गाउँपालिकामा कृषी र पर्यटनको प्रचुर सम्भावना रहेकोले आफुहरु विजयी भएर आएपछि यसका बारेमा गहन खोजी गर्दै सम्भावनाका ढोका उघार्ने पौडेलले बताए । बिहीबारनै गाउँपालिकाको वडा ५ स्थित झोवाङमा पनि कोणसभा सम्पन्न भएको थियो ।

कोणसभालाई नेकपा एमाले केन्द्रिय सल्लाहकार समिति सदस्य देवी सुवेदी, प्रदेश कमिटि सदस्य बुद्धिमान गुरुङ्ग, नेकपा एमाले अन्नपूर्ण गापा अध्यक्ष विवेक देवकोटा लगायतले सम्बोधन गर्दै यस क्षेत्रमा विकासको लहर ल्याउन एमाले उम्मेदवारहरुलाई मतदान गर्नुपर्नेमा जोड दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।