पोखरा, कात्तिक २४
कास्की क्षेत्र नम्बर १ (१) का गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार बनेका दीपक कोईरालाले लेखनाथको भण्डारढीकमा रहेको रंगशालालाई राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नती गर्ने बताएका छन् । कोईरालाले अघिल्लो कार्यकालमा आफ्नै नेतृत्वमा भण्डारढीक रंगशालाको मुहार फेरिएको बताउँदै अब फेरी आगामी निर्वाचनमा बिजयी भएमा उक्त रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रुपमा स्तरोन्नती गर्ने योजना रहेको बताएका हुन् । खेलकुदसँग मेरो विशेष सम्बन्ध र लगाव छ । अनि अनुभव पनि छ,उनले भने,‘क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)को कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष रहँदा उल्लेख्य काम भएका छन् । कास्की १ (१)मा निर्वाचित भएपछि भण्डारढीक रंगशालाको मुहार फेर्ने प्रयास रह्यो । अब राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नती गर्न फेरी जनताबीच आएको छ । गठबन्धनका उम्मेदवारको बिजयले मात्रै यो सम्भव छ ।’
गठबन्धनको चुनावी अभियानका क्रममा विहीबार पोखरा–३० का ठाटडाँडा, गौडाको मुख, सिसुवा, मोहरिया, खुदी, ढुंगेपाटन, साँघुको मुख, पावरहाउस, गगनगौंडालगायतका क्षेत्रमा भएको कोणसभामा बोल्दै उम्मेदवार कोईरालाले आफूले जनतलाई ठूला सपना बाँढेर भ्रमित नपार्ने बताए । कोणसभामा सहभागिहरुमाझ उनले भने,‘म अरुहरुले जस्तो रेल र पानी जहाजका सपना बाँड्दिन । म तपाईंहरुको घरदैलो अगाडिका खाल्डाखुल्डी पुर्छु, बाटाहरु बनाउँछु । खानेपानी र सिंचाईका लागि पहल गर्छु ।’
उम्मेदवार कोईरालाले स्थानिय तहको निर्वाचनपछि थपिएका नया मतदाताले आफूलाई भोट हाल्ने विश्वास व्यक्त गरे । ‘युवाको रोजाई युवा नै हुनेमा म ढुक्क छु । त्यसैले मेरो जित सुनिश्चित छ’–उनले भने । उनले अबको कार्यकाल अविस्मरणीय र सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई मतदान गरेर बिजयी गराउन आग्रह गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







