पोखरा । पोखरा महानगरपालिका १७ मा रहेको पोखरा बृद्धाश्रममा जाडोका लागि आवश्यक ब्लाङ्केट वितरण गरीएको छ ।
पोखराको फेवाताल किनारमा बन्ने नयाँ संरचनामाथी पोखरा महानगरले देखाउने चासोलाई वर्तमान नेतृत्वले दोहोर्याएको छ । तालको मापदण्ड ६५ मिटर भित्र कुनै पनि नयाा लौहपुरुष गणेशमान सिँहको १ सय ८ औ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण गरेका हुन् ।
बिहीबार आश्रममै पुगेर त्यहाँ रहेका वृद्ध वृद्धालाई ६१ थान ब्लाङ्केट वितरण गरीएको आचार्यले जानकारी दिएका छन् । केही समययता पोखरामा जाडो बढ्न सुरु गरेको र आश्रमका वृद्धवृद्धालाई ब्लाङ्केटको अपरीहार्य भएको सुचना पाएपछि उक्त सहयोग गरेको समाजसेवी गुरुङले बताए । “जाडो सुरु भएको र वृद्धाश्रममा रहनुभएका आमा बुबाहरुलाई ओढ्ने ब्लाङ्केटको समस्या भएको थाहा पाएपछि सिंहको जन्मजयन्ती अवसर पारेर सहयोग गरेका हौ ।” गुरुङले भने ।
मानविय सम्वेदनाका दृष्टिकोणले पनि वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफु गौरवान्वित बनेको उनको भनाई छ । भविष्यमा पनि आश्रममा आवश्यक अन्य सामाग्री सहयोगको कार्य जारी राख्ने गुरुङले जनाए ।
ब्लाङ्केट सहयोग पाएपछि त्यहाँका वृद्धवृद्धाले सहयोगी आचार्य र गुरुङप्रति कृतज्ञता प्रकट गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







