कास्की–३ बाट प्रतिनिधि सभा सदस्यका लागि एमाले उम्मेदवार दामोदर वैरागीले जिल्लाको सल्यानमा घर–दैलो कार्यक्रम गर्दै मतदातासामु भोट मागेका छन्।
उनले सूर्य चिन्हमा मतदात गरी एमाले उम्मेवारलाई जिताउन स्थानीय मतदातासामु अपिल समेत गरेका छन्।
उनले ५ वर्षे कार्यकाल सल्यानको बाटो पिच गर्ने प्रतिवद्धता जाहेर गर्दै सल्यानमा देखिएको खानेपानीको समस्या पनि एक घर एक धारा अवधारणा अनुसार समाधान गर्ने बचन दिए। यी बाहेक स्थानीय स्तरमा देखिएका सानातिना समस्या तथा स्थानीयका आवश्यकतालाई पूरा गर्ने उनको अठोट छ।
उनले अन्नपूर्ण–४ सल्यानका स्व. कृष्णबहादुर गुरुङको स्मारकमा माल्यार्पणसमेत गरे। वैरागीले माल्यार्पण गरेपछिको एक कार्यक्रममा बोल्दै कृष्ण गुरुङले सल्यानको विकास र सल्यानवासीका लागि देखेका सपनाहरु पूरा गर्ने प्रतिवद्धता जनाए।
गुरुङको सपना साकार पार्न आफूले जुनसुकै कसरत गर्न पनि पछि नहट्ने उनले उल्लेख गरे।
तत्कालीन जिल्ला विकास समिति कास्कीका सदस्य एवं नेपाली काँग्रेस कास्कीका उपसभापति रहेका कृष्णबहादुरको गुरुङको सो स्थानमा स्मारक निर्माण गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







