आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफू पोखराको विकासको लागि र पोखराको समृद्धिको लागि निर्वाचनमा आएको बताएका छन्।
उनले पोखराका प्राकृतिक सम्पदाको संरक्षण प्रवद्र्धन र मानवीय विकास मिलाएर मात्र पर्यटन क्षेत्रको विकास हुनसक्ने बताए।
निर्वाचन अभियानअन्तर्गत पोखराको ड्यामसाइड क्षेत्रमा मतदाताहरुसँग अन्तरक्रिया गर्दै लामिछानेले पोखराका सबै ताललाई रामसार सुचीमा सुचीकृत गरेपछि, अब विश्व सम्पदा सुचीमा सुचीकृत गर्नुपर्ने बताए।
‘पोखराको फेवातलमा जसरी फुटट्रयाक बनायांै त्यसरी नै विकास गर्ने योजना छ’, उनले भने।
फुटट्रयाक विस्तार गरेर १६ किलोमिटर बनाउने योजना रहेको उनले जानकारी दिए। पोखराको पर्यटन बढाउन लेकसाइडबाट पातलेछाङ्गो हुँदै फुस्रेखोलामा जाने पैदल मार्ग बनाउने आश्वासन पनि उनले दिएका छन्।
पोखरामा पर्यटनको बसाई लम्ब्याउन फुटट्रयाक आवश्यक रहेको उनको भनाई थियो। उनले फेवातलको लागि आफूले महत्वपूर्ण काम गरेको बताए।
‘पोखरालाई हाम्रो मौलिकतासहितको स्मार्ट सिटी निर्माण गर्नुपर्छ। यहाँको ताल पोखरी, चौतारीसहितको स्मार्ट सिटी हुनुपर्छ।
पोखरा विकास गर्न ५ दलीय साझा घोषणापत्रको साथमा आएको उनले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







