दामोदर बैरागी : मजदुर आन्दोलनबाट खारिएका अवसर नपाएका नेता


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित




पोखरा, कात्तिक २३

राजनीतिमा कतिले अवसर पाउँछन् त कतिले अवसर नै पाउँदैनन् । अवसर पाउनेले गरेर देखाए सँधै स्थापित हुने मौका पाउँछ भने गर्न नसक्ने सँधैका लागि पन्छिने खतरापनि रहन्छ । तर क्षमता, योग्यता र पार्टीमा योगदान हुँदाहुँदैपनि कतिपयले भने जिन्दगीभरी अवसर नपाउन सक्छन् । यस्तै अवसर नपाएका एक नेता हुन् दामोदर पौडेल (बैरागी) । २०७० सालमा संविधान सभा सदस्य र २०७४ मा प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका उनी अन्तिममा टिकट नपाउने अभागी राजनीतिज्ञपनि हुन् । झण्डै चार दशकको राजनीतिमा बल्ल अवसर पाएका बैरागीले आफूलाई प्रमाणित गर्ने मौका उमेरको साढे पाँच दशक काटेपछि पाएका छन् । त्यसैले त यो उमेरमापनि युवा जोशका साथ उनी चुनावी मैदानमा होमिएका छन् ।

पिता स्व.चक्रपाणी पौडेल उपाध्याय र माता तुलसी पौडेल उपाध्यायको कोखबाट कास्की जिल्ला, अन्नपुर्ण गाउँपालिका—५ झोबाङ चिसापानीमा २०२३ साल बैशाख ५ गते बैरागीको जन्म भएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोला स्थायी घर भएका बैरागी हाल भने पोखरामा अस्थायी बासिन्दाका रुपमा बस्दै आएका छन् ।

सानै उमेरदेखि विद्रोही स्वाभावका बैरागी १३ वर्षकै उमेरमा वामपन्थी आन्दोलनमा सरिक भए । अनेरास्ववियु (एकता पाचौं )को विद्यार्थी संगठनबाट राजनीतिक जीवन शुरु गरेका बैरागीले २०३७ सालदेखि २०३९ सालसम्म त्यस संगठनमा काम गरे । त्यसपश्चात नेकपा मालेबाट राजनीतिलाई अगाडि बढाएका उनी २०४० सालदेखि अखिल नेपाल किसान संघमा आबद्ध भए । उनी २०४३ साल देखि २०४६ साल सम्म डी.एस.दल र युवा लिगमा आबद्ध भई कहिले आंशिक त कहिले पूर्णकालिन कार्यकर्ता बने ।

२०४५ सालदेखि २०५५ सालसम्म बैरागीले नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको नेतृत्वमा रहि मजदुर आन्दोलनको जग बसाए । २०५५ सालदेखि २०५९ सालसम्म पिपुल्स भोलेन्टियर्स (पी.भी ) मार्फत स्वयंमसेवा सुरक्षा र आकस्मिक सेवामासमेत उनी सकृय भए ।

बैरागीले २०४० साल चैतदेखि २०४६ साल चैतसम्म अर्ध भूमिगत भएर कम्युनिष्ट आन्दोलन र संगठन निर्माणमा भूमिका खेले । २०४५ साल वैशाखदेखि पार्टीमा आंशिक कालीन कार्यकर्ता र मजदुर क्षेत्रमा पूर्णकालिन पेशेवर कार्यकर्ता, २०५५ साल साउनदेखि २०७६ कमिटी जेठसम्म पार्टीमा पूर्णकालिन पेशेवर कार्यकर्ता र २०७० साल माघदेखि कास्की जिल्ला कमिटी सचिव भएर काम गरेको अनुभव बैरागीको छ ।

२०३८ सालमा अनेरास्ववियु (एपा)प्रा.क सदस्य, सह प्रा.क अध्यक्षहुँदै बैरागी सांगठनिक जिम्मेवारी लिएका उनी २०३९ सालमा अनेरास्ववियु(एपा )प्रा.क उपाध्यक्ष, २०४० साल भदौमा अ.ने.कि.संघ टोल तयारी समिति सचिव र गाउँ तयारी समिति सदस्य भए । २०४१ चैतदेखि २०४२ भदौसम्म मुस्ताङ कर्मचारी मिलन केन्द्रको सदस्य, डी.एस दलको जोमसोम उपकमाण्डर बनेका बैरागी २०४३ सालको पंचायती चुनाव उपयोगमा जनक्षिय उम्मेदार गाउँप्रचार समिति सह संयोजक, वडा संयोजक, डी.एस.दलको कमाण्डर बने । २०४४ साल बैशाखदेखि मंसिरसम्म क्रान्तिकारी बुद्दीजीवी संघ गोरखाको उपसचिव, डी.एस.दलको इलाका कमाण्डर भएका उनी त्यसपश्चात पोखरा सरुवा भई आए ।

बैरागी संगठन र आन्दोलनको उक कुशल कमाण्डर हुन् । उनी २०४४ सालमा पोखरा–१ को युवा लिगको कमाण्डर र फागुनमा नगर सदस्य, २०४५ साल बैशाख १० गते पाटी उमेद्वार सदस्य, २०४५ सालमा ने.स्व.म.यु. पोखरा नगर सह(संयोजक, २०४५ सालममै क्रान्तिकारी मजदुर संघको उपसचिव, २०४५ सालको भारतद्वारा गरिएको आर्थिक नाकाबन्दी बिरुद्को आन्दोलनको मजदुर क्षेत्रको उपकमाण्डर, २०४६ सालको जन आन्दोलनमा सुरुमा मजदुर क्षेत्रको उप—प्रमुख र फागुनको १५ गतेबाट प्रमुख भएर नेतृत्व गर्न सफल भए ।

२०४६ सालको जनआन्दोलनमा पोखराको वडा नं १०, ११, १२, १३, १४, १५ र १८ को संघर्ष संचालक र जिल्ला संघर्ष समितिको बैकल्पिक सदस्य बनेर बैरागीले आन्दोलनमा योगदान पु¥याए । २०४७ साल जेठमा ने.स्व.म.यु.पोखरा नगर संयोजक, जिल्ला समिति सदस्य, २०४७ सालमा प्ररायु संघ नेपालको कास्की जिल्ला संस्थापक सदस्य, २०४७ साल भदौमा पार्टी सदस्य र पार्टी सेलको उपसचिव, नेकपा(माले) प्रथम जिल्ला अधिवेशनमा पर्यवेक्षक प्रतिनिधि, २०४७ साल फागुनमा ने.स्व.म.यु जिल्ला अध्यक्ष, नेकपा(माले)को दोस्रो कास्की जिल्ला अधिवेशनमा प्रतिनिधि, २०४८ सालको आमनिर्वाचनमा कास्की क्षेत्र न.२ स्वयंसेवक कमाण्डर बनेर पार्टीको विभिन्न मोर्चामा काम गरेको बैरागी बताउँछन् ।

बैरागी २०५१ साल बैशाखमा ने.स्व.म.यु.को केन्दीय सदस्य, २०५१ साल असारमा पार्टी मजदुर इलाका कमिटि सचिव, २०५२ सालमा ने.स्व.म.यु तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०५२ साल चैतबाट नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)दोस्रो राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय परिषद सदस्य, २०५३ सालमा सम्पन्न एमालेको चौथौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य, मजदुर ईलाका ईन्चार्ज, पार्टी स्कुल विभाग सदस्य, २०५४ साल माघमा सम्पन्न ने.स्व.खा.पे.म.यु.को राष्ट्रिय भेलाद्वारा केन्द्रीय उपाध्यक्ष भए ।

२०५५ सालमा पार्टी जिल्ला सचिवालय सदस्य बनेका बैरागी त्यसपछि लगातार २०५६, २०५८ र २०६० सालमा पनि पार्टीको जिल्ला सदस्य र सचिवालय सदस्य बने । त्यस समयमा उनी संगठन विभाग प्रमुखपनि हुन् । २०६४ सालमा कास्की क्षेत्र नम्बर ३ (पछि क्षेत्र न.४ भयो )को सचिव, २०६६ सालमा पुनः पार्टी जिल्ला सदस्य, २०६६ मा पार्टी जिल्ला कार्यालय सचिव, संगठन विभाग प्रमुख र क्षेत्र न.४ को संयोजकसम्म भए ।

२०७० सालमा कास्की जिल्ला कमिटी सचिव, संगठन विभाग प्रमुख, पार्टी स्कुल विभाग प्रमुख भएर काम गरेका उनले २०७४ साल असोजदेखि प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटि क्षेत्र न.३ को संयोजक भएर काम गरे ।

राजनीति गर्दा बैरागी कयौं पटक घाईते भएका छन् भने राजनीतिमा लागेकै आधारमा प्रहरी र सेनाबाट चरम यातनासमेत पाएका छन् । २०६१ साल बैशाखमा सेनाद्वारा अपहरण गरि बंकरमा चरम यातना भोगेका बैरागी २०४२ साल मंसिरमा पञ्चहरुसँगको मुठभेडमा परे । जुन भिडन्तमा उनी बालबाल त बचे तर टाउको र खुट्टामा गम्भिर चोट लाग्यो । जनआन्दोलन चरम उत्कर्षमा पुगेका बेला २०४६ साल चैत २६ गते राती उनी पञ्चहरुसँगको भिडन्तमा परे । सो भिडन्तमा पनि उनको टाउको, दाहिने हात र दाहिने खुट्टामा चोट लागेर घाईते भए । काठमाडौं क्षेत्र नम्बर १ को उप निर्वाचनका बेला २०५० सालमा बानेश्वरमा भएको भिडन्तमा परेर उनको दाहिने खुट्टामा चोट लाग्यो । पटकपटकको भिडन्तमा घाईते भएपनि उनी कम्युनिष्ट आन्दोलन बचाउनका लागि सँधै अगाडि बढिरहे । २०६० साल बैशाखको संयुतm आन्दोलनमा सेनाको कमान्डो संग मुठभेड हुँदा उनको टाउको र दाँतमा गम्भीर चोट लाग्यो ।

कम्युनिष्ट आन्दोलनमा लागेकै कारण बैरागी हिरासतमा पनि बसेका छन् । २०५० सालको दासढुङ्गा हत्याकाण्डबिरुद्धको आन्दोलनमा सरिक उनलाई प्रहरीले नियन्त्रणमा लिएर ३ दिन हिरासतमा राख्यो भने २०६० सालको चैतदेखि २०६१ बैशाख २ गते सम्मपनि उनी हिरासतमा परे ।

बैरागीलाई टर्रो बोली भएको खरो नेताका रुपमा चिन्छन् एमालेजन । तर उनी निष्ठा र ईमान्दारितामा अगाडि छन् । भन्छन्,‘तीतो सत्य भन्दा सबैलाई बिझाउँछ । कतिपयलाई त्यस्तो लागेको मात्र हो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।