४ मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ।
निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो।
मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो। अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइनेछ।
संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि २/२ वटा मतपत्र छापिएका छन्। प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो।
देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







