संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि गठबन्धन : अध्यक्ष दाहाल


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित





नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान लोकतन्त्र विरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताएका छन ।

आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनु परेको चर्चा गरे ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो ।

उनले नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।