पोखरा, २५ कात्तिक ।
कास्की २ बाटउम्मेद्वार बनेका नेताहरुले सुुकुम्बासीभूमिहीनको समस्या समाधान गर्ने बताएका छन् ।
शुक्रबार पोखरा १७ बेलघारी टोलमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताएका हुन् । गठबन्धनको सरकारको पालामा नै कास्कीमा सुकुम्बासीहरुको हित हुने काम भएकाले आफू निर्वाचित भएपछिपनि त्यसलाई निरन्तरता दिने उनले बताए । गठबन्धन सरकारको पालामा राष्ट्रिय भूमि आयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको उनले सुनाए ।
संविधानको रक्षा गर्दै जनताप्रति उत्तरदायी हुने उनको प्रतिवद्धता छ । पोखरा १७ क्षेत्र कृषिका लागि योग्य भएकाले पनि त्यसमा ध्यान दिने उनले बताए । स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पु¥याउने उनको प्रतिवद्धता छ । वडा भित्र रहेको पातले छागों, गुप्तेश्वर गुफा, ड्यामसाईड, गुम्बालगायत पर्यटन क्षेत्रको विकासमा लागिपर्ने उनको भनाई थियो । पोखराबाट लेखनाथ छुट्याउने, निर्मलपोखरी र कृष्ति नाच्नेचौरलाई छुट्टाएर २ वटा वडा बनाउने गरी मिलेसम्म पुर्नसंरचनामा ध्यानदिने उनले बताए ।
गठबन्धनबाट कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र, लोकतन्त्रका लागि जनतासामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताए । पोखरा–१७ मा सञ्चालित चुनावी अभियानमा लामिछानेले यस्तो वताएका हुन् । अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने उनको दावी थियो । राज्यको पुनर्संरचना अन्तरगत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरबासीको अनुभुति गर्न नपाएको बताए । ‘अब हामीले महानगर कस्तो हुन्छ भनेर देखाउँछौं,’ उनले भने ।
यसैगरी, कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ काहुँमा मतदातासँग भेटघाट गर्दै उम्मेदवार थापाले जनताको आकांक्षाब ुझेर पर्यटन र कृषिमा जोड दिने बताए । सरकारमा रहदाँ जनताका धेरै काम गर्न सकिने भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह थियो । पूर्वमन्त्रीसमेत रहेका थापाले प्याकेजमा कार्यक्रम ल्याएर विकासको मूल फुटाइने बताए । ‘तपाईहरुको साथ र सहयोग लिएर मात्रै अघि बढ्नेछु,’उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







