पोखरा । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गरेका छन् ।
झुटो कुरा नगर्ने र सक्ने कुरा मात्र गर्ने भन्दै उनले जनपक्षिय काम गर्ने बताए । शुक्रबार पोखरा २९ मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिदै भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउन प्रयास गर्ने प्रतिवद्वता व्यक्त गरे । ‘आज मात्रै होइन, भोलि पनि भेटिनुपर्छ उनले भने – झुटो नबोलि जनताले प्राथमिकताका आधारमा तय गरेका योजना नै मेरा योजना हुन्।’
पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार बरालले गठबन्धनको संघ र प्रदेश बन्दा सरकार काम गर्न सजिलो हुने भन्दै गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।
गठबन्धन राम्रो र प्रभावकारी हुँदा हाम्रो वातावरण निर्माण भएको र चुनाव जित्ने वातावरण बनेको उनको भनाइ छ ।
उम्मेद्वार बरालले सीपमूलक शिक्षा र उद्यमशीलतालाई विशेष जोड दिँदै आएका छन् । उनले शनिवार पोखरा १२ मा मतदाता भेटघाट र घरदैलो गर्ने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







