पोखराको ज्ञानमार्ग टोलमा अव सिसी क्यामेराको निगरानीमा


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा– ४ स्थित ज्ञानमार्ग टोल अव सिसी क्यामेराको निगरानीमा हुने भएको छ ।

ज्ञानमार्ग टोल विकास संस्थाको पहलनमा टोलका विभिन्न स्थानमा जडान गरिएको सिसी क्यामेराको शनिबार उद्घाटन गरिएको हो ।

संस्थाको १० औं वर्षिक साधरण सभाको अवसर आज आयोजित एक कार्यक्रमका विच पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले सिसी क्यामेराको स्विच अन गरि उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले टोल विकास संस्थाले एउटा उदाहरणीय कार्य गरेको भन्दै आगमी दिनमा संस्थासँग सहकार्य गर्दै टोलको विकासका निम्ती वडाबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा ४ का वडा सदस्य तथा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहाकार प्रकाश कोइरालाले व्यक्तिगत, संस्थागत सहयोग गर्न तयार रहेको बताए ।

संस्थाका सचिव शान्ति श्रीस, कोषाध्यक्ष मनकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सभाले पारित गरेको छ । संस्थाले टोलका विभिन्न ७ वटा स्थानमा सिसी टिभी जडान गरेको सचिव श्रीसले जानकारी दिइन् ।

संस्थाका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहाकार ई. सुरेश श्रेष्ठ, डा. कृष्णराज अधिकारी , संस्थाका उपाध्यक्ष रामचन्द्र शर्मा लगायतले संस्थाले गरेका कार्यहरुका विषयमा बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।