नेपालमा पहिलो पटक क्रिकेट विश्वकप आयोजना हुने


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित




तस्बीरः गुगलबाट

पोखरा । नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू–१९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने निर्णय भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले आइतबार २०२७ मा हुने यू–१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल र बंगलादेश मिलेर यू–१९ महिला टि२० विश्वकप आयोजना गर्ने भएका हुन् । २०२४ को यू–१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् ।

२०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु–१९ महिला टि२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।

नेपालले पहिलो पटक कुनैपनि विश्वकप आयोजना गर्नेछ । यसअघि नेपालले कुनैपनि विश्वकप आयोजना गरेको छैन । ‘यो खुशीको खबर हो । यो नेपाली क्रिकेटकै एक ठूलो उपलब्धी पनि हो । हामीले निरन्तर प्रयास गरेका थियौं ।

विश्वकप आयोजना गर्न हामीले पाँच वटा मैदानको नाम दिएका छौं । जसमा दुईवटा मैदानमा हुनेछ’, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।