“लक्का जवान” चलचित्र लण्डनमा प्रदर्शन


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाली चलचित्र लक्का जवान आइतवार लण्डनमा
साउथ ह्यारोको गोल्डेनसिप रेष्टुरेन्टमा पहिलो शो सम्पन्न भएको छ । चलचित्र लक्का जवानको निर्मात्री र कलाकार तथा बाल्टिमोर नेपाली समाजको पूर्व प्रेसिडेन्ट अनुशिया वन्त श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक कथामा आधारित चलचित्र हेरी दर्शक भाबुक बनेको दर्शकको रुपमा सहभागि कान्ति गुरुड. श्रेष्ठले बताए ।
वृद्ध मानिसको जीवनकथामा आधारित चलचित्र ‘लक्का जवान’लाई शिवहरि पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु चलचित्र हो । कमेडी जनरामा निर्माण गरिएको यस चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।