अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू(२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुगेका छन ।बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन २३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये उनी अग्रस्थानमा छन् ।
उनि आइतबारदेखि बन्द प्रशिक्षणमा छन । नेपाल भलिबल सङ्घले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । उक्त टोली आगामी पुस ५ देखि ११ गतेसम्म बङ्गलादेशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट भाग लिनेछ ।
बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा प्रतियोगिता हुन लागेको हो । नेपालले पहिलो पटक यू–२३ राष्ट्रिय टोली निर्माण गरी भाग लिन लागेको प्रतियोगिता खेल्न पाउनेमा २२ वर्षीय केसी ढुक्क छन ।
दुई वर्षअघि काठमाडौँमा सम्पन्न भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा रविले डेब्यु गरेका थिए । गलकोट स्पोर्टस् क्लबबाट प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जित्नु भएको थियो ।
ओपन स्पाइकर रविले त्यसता ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेका छन । १४(१५ वर्षको उमेरदेखि भलिबल खेल सुरु गरेका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिएका छन ।
यहाँको गलकोट नगरपालिका–७ मल्ममा जन्मनु भएका केसी गाउँमै भलिबल खेल्दै र सिक्दै आएका हुन । जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताए । रविलाई सानैदेखि भलिबलतिर आकर्षित गर्न सुरेन्द्र केसीको नाम अघि आउँछ ।
उनी हाल गलकोट भलिबल टिमका प्रशिक्षक समेत छन । रवि र सुरेन्द्रले सँगैसँगै थुप्रै प्रतियोगिता खेलेर टोलीलाई जिताएका छन ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







