कास्की क्षेत्र १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन्।
‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ,’ उनले भने, ‘अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ।’
उनले मतदाताले गर्वको अनुभुति गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गरे। बलियो संसद निर्माणका लागि आफूले भुमिका निर्वाह गर्ने उनको भनाई छ।
मतदाताबाट प्राप्त प्रेम, सद्भाव र विश्वासले आफूहरुलाई उत्साहित बनाएको बताए।
‘मतदाताले ढुक्क हुनहोस्, विजयी हुनुहुन्छ भन्नुभएको छ,’ उम्मेद्बार बरालले भने, ‘निकै उत्साहका साथ मतदाता भेटघाटमा छु।’
उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्वता आवश्यक रहेको औंल्याए। उम्मेदबार बरालले वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने उल्लेख गरे।
उनले कृषि, पर्यटन, शिक्षा, बेरोजगारीको अन्त्य र आयात प्रतिस्थापनमा जोड दिए।
पोखरा–१४ मा सोमबार मतदाता भेटघाट र घर–दैलो गर्दै उनले गठबन्धनको सरकारले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीन सुकुम्बासीलाई लालापूर्जा उपलब्ध गराउने स्पष्ट पारे।
कास्की क्षेत्र नं १ (ख) प्रदेश सभा उम्मेद्बार दीपक गुरुङले जनताको दु:ख र सुखमा सदैव साथमा रहने बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







