कास्की क्षेत्र नम्बर १ (ख) का ५ दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन्।
उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख साथ पाएको बताए।
‘आफ्नो भुगोल अन्तर्गतका ठाउँहरुमा घर–दैलो कार्यक्रममा पुग्दा युवा साथीहरुको उत्साहपूर्वक सहभागीता पाएको छुँ,’ उनले भने, ‘आजसम्म कुनैपनि पाटीमा नखुलेका युवा साथी मप्रति विश्वास गरेर घर–दैलो कार्यक्रममा सँगसँगै हिँड्नु भएको छ। उहाँहरुको साथ र सपोर्टले चुनाव जितेको आभास दिलाएको छ।’
स्थानीय मतदाताहरुले आफूबाट निकै आसा र अपेक्षा गरेको उनले सुनाए।
उम्मेदवार गुरुङले आफ्नो प्रतिबद्धतामा पनि युवावर्गको सीप र क्षमताको विकास गरी स्वरोजगार बन्न अभिप्रेरित गरिने उल्लेख गरेका छन्।
‘लागुऔषध दुव्र्यसनीविरुद्ध युवाहरुका लागि सचेतनामुलक अभियान सञ्चालन गरिनेछ,’ प्रतिवद्धतामा उल्लेख छ, ‘युवाहरुको लागि एक वडा एक उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ।’
गुरुङले घर–दैलो कार्यक्रममा स्थानीय मतदातासँग मतको अपिल गरे।
उनले भने, ‘घर–दैलोमा पुग्दा कति मतदाताले मत किन हाल्ने हो भन्ने निरासा छाएको छ। केही नयाँ मतदाता पनि हुनुहुन्छ, जसले सोंचे जस्तो उम्मेदवार पाएका छौं। भोट हाल्छौं। यस्तै, मिश्रित प्रतिक्रिया पाएको छु।’
गुरुङले मतदातासँग आफूलाई नेताको रुपमा नहेरी जिम्मेवारी वहन गर्ने सेवकको रुपमा लिन आग्रह गरेका छन्। उनले जनताको सपनालाई जिम्मेवारीको रुपमा लिएर हरेक दिन, हरेक समय लागि पर्ने प्रतिवद्धता जनाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







