नेकपा एमालेबाट कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा घर–दैलो कार्यक्रमअन्तर्गत सोमवार पोखरा महानगरपालिका वडा नं.८ र १६ का मतदातासँग उनले पोखराको समग्र विकास निर्माणमा प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन्।
पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र खेलकुदको सहरका रुपमा विकास गर्नु अपरिहार्य भएको उल्लेख गरिन्।
नेत्री भट्टराईले यसका लागि ३ वटै तहका सरकारबीच समन्वय र सहकार्यको खाँचो औंल्याइन्।
एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान वर्तमानको आवश्यकता भएकोमा जोड दिइन्।
उनले भनिन्, ‘प्राकृतिक छटाले भरिपूर्ण पोखरालाई थप आकर्षक भौतिक पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्नेछु।’
पोखराको बिच भागमा अवस्थित निर्वाचन क्षेत्र नं. २ को विकास निर्माण समग्र पोखराको विकासमा योगदान पुग्ने उनले बताइन्।
घरदैलोमा पुगेर मतदातासंग भट्टराईले भनिन्, ‘अधिकार दिनुहोस समृद्धि र विकासको अभियानलाई पूरा गर्दछु।’
उनले समृद्धिको अभियानलाई सार्थक बनाउन भूमिहीनलाई जग्गाको मालिक बनाउनुको विकल्प नभएको उल्लेख गरिन्।
एमालेले भूमिहिन सुकुम्वासी वस्तीमा आवश्यक भौतिक पूर्वाधार विकास निर्माणलाई प्राथमिकतामा राख्दै आएको उनको भनाई थियो।
उम्मेदवार भट्टराईले सोमवार विहान पोखराको नयाँबजारस्थित ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयमा पुगेर आशिर्वाद लिएकी थिइन्।
घर–दैलो अभियानमा निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले सुशासनयुक्त समाज निर्माणका लागि मातृशक्तिलाई जिम्मेवार बनाउन मतदातालाई आग्रह गरिन्। महिला उद्यमशीलता र युवा स्वरोजगार अभिवृद्धिमा जुट्ने उनको प्रतिवद्धता थियो। घरदैलो अभियानमा प्रदेश सभामा समानुपातिक उम्मेदवार डा. छममाया पुनको सहभागिता थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







