५०६ जना निर्वाचन पर्यवेक्षक, पर्यवेक्षण तयारी पूरा


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित




मंसीर ४ गते हुने निर्वाचनका लागि निर्वाचनमा कुल ५०६ जना पर्यवेक्षक परिचालन हुँदैछन्।

पर्यवेक्षणसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले जानकारी दिएको छ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पर्यवेक्षणसम्बन्धी कार्यहरूको सम्पूर्ण तयारी पूरा गरेको गरेको हो।लामो समयका लागि ४६ जिल्लामा ४६ पर्यवेक्षक र छोटो समयका लागि ७५ जिल्लाका निर्वाचन क्षेत्रमा इओसी नेपालका पर्यवेक्षकले निर्वाचनको विविध पक्ष तथा आयामको पर्यवेक्षण गर्नेछन्। इओसी नेपालले पर्यवेक्षक परिचालन गरी आवश्यक दक्षतासम्बन्धी ५ दिने तालिम पनि सम्पन्न गरिसकेको जनाएको छ।

पर्यवेक्षकको सूचीमा आदिवासी, जनजाति, खस–आर्य, थारू, दलित, मधेसी, मुस्लिमलगायतको प्रतिनिधित्व गराइएको छ ।

पर्यवेक्षकहरू परिचालित निर्वाचन केन्द्रमा मतदान अघि नै पुगेर मतगणना सम्पन्न गरी नतिजा प्रकाशन हुँदाको समयसम्म सम्बन्धित स्थानमा खटिनेछन्। निर्वाचन आचारसंहिताको अतिरिक्त निर्वाचनको प्रक्रिया तथा विधि र विषयमाथि समेत अध्ययन, अवलोकन गरी प्राप्त सूचनालाई आधारभूत रूपमा ग्रहण गर्दै पर्यवेक्षण गर्नेछन्।

यसपटकको निर्वाचनमा जेलका कैदीबन्दी र वृद्धाआश्रमका वृद्धावृद्धाले पनि पहिलोपटक मतदान गर्न मिल्ने व्यवस्था छ। जेल र वृद्धाश्रममा पनि अहिले मतदान केन्द्र स्थापना गरिनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।