मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ मध्ये नौवटा केन्द्रका मतदान अधिकृतका रूपमा महिलालाई पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको कर्मचारी विवरणमा उल्लेख छ ।
विवरणअनुसार कुश्मा नगरपालिका–३ को काफलचौर मावि ग केन्द्रमा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रकी सहायक प्रशासकीय अधिकृत रञ्जना कट्टेल, नारायण मावि ख केन्द्रमा नापी अधिकृत निशा अधिकारी, शिवालय मावि केन्द्रमा पर्यटन तथा उद्योग कार्यालय पर्वतमा कार्यरत अधिकृत मुना अधिकारीलाई खटाइएको छ ।
युवा वर्ष आधारभूत विद्यालय ख केन्द्रमा जिल्ला हुलाक कार्यालयबाट हुलाक अधिकृत सरिता अधिकारी, मङ्गलोदय मावि ख केन्द्रमा डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत अरुणा पौडेल, सार्वजनिक मावि ख केन्द्रमा जिल्ला कारागारकी प्रमुख शिला श्रेष्ठ, फर्सेधाइरिङ मावि ख केन्द्रमा नवजागृत माविकी शिक्षक रुचिला सापकोटा, जननेत्र मावि ख केन्द्रमा कुश्माको आधारभूत स्वास्थ्य केन्द्रकी जानकी रिजाल शर्मा र सरस्वती मावि ख केन्द्रमा अन्नपूर्ण माविकी शिक्षक अम्बाकुमारी शर्मालाई पठाइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







