मन्त्री कुमार खड्का पदबाट बर्खास्त


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् ।

यस पटकको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का कास्की २(ख) बाट टिकटका आकांक्षी थिए । तर, उनको सट्टामा कानुनमन्त्री विन्दुकुमार थापाले टिकट पाए । साथै उनी माथी पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप छ । खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका थिए ।

खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए । गण्डकी प्रदेश सरकारले यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो । अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।