आज अंग्रेजी नोभेम्बर महिनाको १६ तारिक। अर्थात, अन्तर्राष्ट्रिय सहनशीलता दिवस।
बेमेल, असहमति, असमझदारी र असहनशीलपछिको खतराबारे जनचेतना फैलाउने उद्देश्यले आजका दिन विश्व समुदायले असहनशील दिवस मनाउने गर्दछ।
१९९६ मा, संयुक्त राष्ट्र महासभाले (रिजोल्युसन ५१/९५ द्वारा) संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको थियो। त्यसपछि, हरेक वर्ष १६ नोभेम्बरमा विश्व समुदायले यो दिवस मनाउँदै आएको छ।
९० को दशकमा अफ्रिका, बाल्कन र ककेससमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो। नरसंहारका पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानवअधिकारको प्रवद्र्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो।
प्रत्येक वर्ष आजको दिनमा युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ। सम्मेलन समारोहहरूमा सहनशीलता र अहिंसाको प्रवद्र्धनबारे गंभीरतापूर्वक छलफल हुने गर्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







