देश र जनताको समृद्वि मेरो लक्ष्य – बराल


     एभरेस्ट आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित




कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताएका छन्।

पोखरा–३२ मा मंगलबार घर–दैलो र मतदाता भेटघाटका क्रममा उनले त्यस्तो बताएका हुन्।

उनले आम नेपालीको आवश्यकतालाई संसदमा उठाउने बताउँदै आफ्नो आवाजले सबैलाई न्याय गर्ने स्पष्ट पारे।

उनले स्थानीय जनताको आवश्यकताअनुसार स्थानीयलाई खुशी बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए।

‘जहाँ जे आवश्यकता छ, प्राथमिकताका आधारमा त्यहि गर्छु’, उनले भने, ‘यसले आवश्यकतालाई सम्बोधन गर्नेछ र स्थानीय खुशी हुनु हुनेछन्।’

उनले समय अभावका कारण सबै मतदाताको घरघरमा पुग्न नसकेको क्षमा माग्दै मतदाताको घरमा नपुगे पनि मतदाताको भावना, चाहाना र आवश्यकतालाई नजिकबाट बुझेको बताए।

नेता बरालले राजनीतिलाई नयाँ ढंगबाट सोच्नुपर्ने भन्दै राजनीतिलाई प्रेम र सद्भावसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

उनले विद्यालय र विश्वविद्यालयको शिक्षामा आमूल परिवर्तन गरी सीपमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने बताए।

उम्मेद्बार बराल बुधबार पोखरा–२६ मा घरदैलो र मतदाता भेटघाट गर्नेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।