नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको औंल्याएकी छिन्।
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचार–प्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा–१६ मा भएको घर–दैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभीमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो रहेको औल्याइन्।
घरदैलो कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आएकी उनले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवं कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाइन्।
नेकपा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको उनको भनाई थियो।
सवैको सहभागिता र समन्वयका आधारमा सडक पूर्वाधार निर्माणमा प्राथमिकता दिनेमा उनको उनको जोड छ।
निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले पोखरामा नयाँ थपिएका वडाका वासिन्दाले महानगरवासीको अनुभूति हुने गरी विकास निर्माण जुटने प्रतिवद्धता व्यक्त गरिन्। गुरुङले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाइन्। मतदाताको घर–दैलो कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक उम्मेदवार डा. छममाया पुनको समेत सहभागि थियो।
नेकपा एमाले पोखरा–१६ का अध्यक्ष राजेश गुरुङकाअनुसार मंगलवार घार्मी, कुरेचौर, हर्पाक, काउरे, अम्मरेस्वारा, हरिपाउ, गर्लुङ, अर्मला र बाटुलेचौरका विभिन्न स्थानमा घरदैलो एवं कोणसभा सम्पन्न भएको छ। पोखरा–१६ महानगरको सवैभन्दा मतदाता धेरै भएको उक्त वडामा ११ हजार ८ सय ४२ मतदाता छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







