कास्कीमा ६ कैदीबन्दीले कारागारबाटै मतदान गर्दै


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित




आसन्न मंसीर ४ को निर्वाचनमा कास्की कारागारबाट ६ जना कैदीबन्दीले समानुपातिकमा मतदान गर्दैछन्।

उनीहरुले मंसीर ४ को निर्वाचनमा कारागारबाटै मतदान गर्न पाउने भएका हुन्।

नेपालमै पहिलो पटक कैदीबन्दीले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको हो।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला कारागार कास्कीले जनाएको छ।

विभिन्न मुद्दामा कैद भूक्तान गरिरहेका ८५२ जनामध्ये १ जना महिला र ५ जना पुरुष कैदीबन्दीले अस्थायी मतदाता परिचयमार्फत मतदान गर्दैछन्। अस्थायी मतदाता नामावलीमा उनीहरुको नाम रहेकैले कारागरमा रहेको ६ जनाले मात्रै मतदान गर्न पाउने भएका हुन्।

प्रतिनिधि सभा सदस्यका लागि पहिलो पटक कैदीबन्दीले मतदान गर्न पाउने व्यवस्था भए पनि २०७० सालमा पनि कास्की कारागारका कैदीबन्दीले संविधान सभा सदस्यको निर्वाचनमा मतदानको व्यवस्था गरिएको थियो।

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकीएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।