डोटीमा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना, मतदान अधिकृत घाइते


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित




डोटीको बडीकेदार गाउँपालिकास्थित अत्तरकाँडामा निर्वाचन सामग्री बोकेको जिप दुर्घटना भएको छ।

बा.२ झ २२३५ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा परेर बडिकेदार–५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा खटिएका मतदान अधिकृत दिनेशसिंह रैखोला घाइते भएका छन्। रैखोला खुटिया बीपीनगर दिपायल सडक आयोजनाका इञ्जनीयर हुन्।

निर्वाचन सामग्री र कर्मचारीलाई वैकल्पिक सवारीको व्यवस्थापन गरेर मतदानस्थलमा पठाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।