सांकेतिक तस्बीर
पश्चिम नवलपरासीबाट प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको छ।
मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाएर विवाद गरेको आरोपमा सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराह मतदानस्थलमा खटिएका मतदान अधिकृत पक्राउ परेका हुन्।
रामग्राम नगरपालिका–४ जितपुर घर भएर पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी पक्राउ परेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने क्रममा मापसे गरेर उनले मुख्य निर्वाचन अधिकृतसँग विवाद गरेको समाचारहरुमा उल्लेख छ। मुख्य निर्वाचन अधिकृतले उनको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







