पोखराको पर्यटकीय तथा धार्मिक क्षेत्र घार्मीमा बालाचतुर्दशी पर्व मनाइने भएको छ।
यही मंसीर ६ गते बालाचतुर्दशीको अवसरमा घार्मीस्थित ओमकारेश्वर मन्दिर परिसरमा सतबीज छरी पर्व मनाउन लागिएको मन्दिर व्यवस्थापन समितिका नन्दराज दाहालले जानकारी दिए।
पर्वलाई लक्षित गरी समितिले मन्दिर परिसरमा सरसफाई गर्नुका साथै रंगरोगन गर्ने कार्य समेत सम्पन्न गरेको छ। मन्दिर रंग रोगनका लागि ईन्द्रेणी हार्डवेयरका खगेन्द्र थापाले सहयोग गरेको समितिले जनाएको छ।
आफ्ना दिवंगत पितृहरूको उद्धारका लागि त्यस क्षेत्रमा सत्बीज छर्न कुरेचौर हरिपाउ, पुरून्चौर, हेम्जा, लामाचौर, बाटुलेचौरलगायतका आसपासका क्षेत्रवाट भक्तजन त्यहाँ पुग्ने गर्दछन्। स्थानीयवासीको घरबाट फुलको डोली निकालेर बाजागाजासहित विधिपूर्वक सतबीज छर्ने चलन छ।
विगत २ दशकदेखि सो मन्दिरमा बिधीपूर्वक सतबीज छर्ने र पर्वलाई मनाउँदै आएको समितिले जनाएको छ। उक्त दिन पर्व मनाउन तथा सत्बीज छर्ने कार्यमा सहभागी हुन भक्तजनलाई समितिले आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







