गठबन्धनका साझा उम्मेदवार रामजी बरालले गरे मतदान


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७९ मा प्रकाशित




पोखरा ४, मंसिर

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नं.–३ प्रतिनिधि सभाका उम्मेदवार रामजीप्रसाद बराल जीवनले पोखरा–२२ को महेश्वरी मा.वि. केन्द्रबाट मतदान गरेका छन्। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्रीसमेत रहेका उम्मेदवार बरालले आइतबार विहान ७ः०० बजे नै महेश्वरी मा.वि.को (ख) मतदान केन्द्रबाट मतदान गरेका हुन्। पोखरा–२२ मा ३ मतदान स्थलमा ७ मतदान केन्द्र रहेका छन् भने जसमा ६ हजार ८ सय ४ जना मतदाता रहेका छन्।

बरालले आफैलाई मतदान गर्ने अवसर प्राप्त गरेका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा उनले आफ्नो मत आफैलाई राख्न पाएका थिएनन्। बाम गठबन्धनबाट उम्मेदवार भएका बरालले २०७४ मा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट विजयी भएका थिए ।

यसपटक बरालसँग नेकपा एमालेका नेता दामोदर बैरागीलगायत प्रतिष्प्रर्धीहरु छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।