कास्की २ (१) मा राप्रपाका भण्डारीको अग्रता कायमै


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित




कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) मा राप्रपाका उम्मेदवार बिजयबहादुर भण्डारीले अग्रता कायम राखेका छन् । हालसम्म १ हजार ७ सय २ मत गणना हुँदा हलो चुनाव चिह्नका भण्डारीले ६ सय ८८ मत ल्याएर अग्रता कायम राखेका हुन् । उनलाई एमालेका भीमबहादुर कार्कीले ४ सय ३९ र गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले ३ सय ६३ मत ल्याएर पछ्याईरहेका छन् । लौरो चुनाव चिह्नका उम्मेदवारले १ सय ६० मत प्राप्त गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।