कास्की–२ मा घण्टी १६२ मतले अघि


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित




पोखरा, मंसिर ५

कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन् । उनले एमालेकी विद्या भट्टराई अधिकारीको भन्दा १ सय ६२ मतान्तर बनाएका छन् । एमालेकी भट्टराईले ५ सय १६ मत प्राप्त गरेर पछ्याईरहेकी छन् ।

गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मत प्राप्त गरेर तेश्रो स्थानमा छन् भने राप्रपाका सुवर्णराज पन्त ३२७ मतसहित चौथो स्थानमा छन् ।

कास्की–२ मा ४९ हजार ९ सय २० मत खसेको छ । कुल ७९ हजार १ सय ३८ मतदाता रहेको यो क्षेत्रमा ६३.०८ प्रतिशत मत खसेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।